• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
पुलिसका तारा देवी र सन्देश स्ट्रङ्गेष्ट खेलाडी घोषित
खेलपाटी संवाददाता
बिहीबार, असोज १८, २०७५ खेलपाटी संवाददाता
पुलिसका तारा देवी र सन्देश स्ट्रङ्गेष्ट खेलाडी घोषित

काठमाडौं । नेपाल स्ट्रङ्गेष्ट सुनीललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगितामा नेपाल पुलिस क्लबकी तारा देवी पुन र सन्देश गुरुङ स्ट्रङ्गेष्ट खेलाडी बनेका छन् । 

बिहिबार सम्पन्न प्रतियोगितामा महिलातर्फ ताराले ७५ केजी तौल माथीको प्रतिस्पर्धामा १६६ केजी भार बहन गरेकी थिईन् । उनी अघिल्लो संस्करणमा पनि स्ट्रङ्गेष्ट खेलाडी बनेकी थिइन् ।

यस्तै पुरुषतर्फ स्ट्रङ्गेष्ट खेलाडी घोषित सन्देशले १०५ केजी तौलमा २५८ केजी भार बहन गरेका थिए । उनीहरु दुवैले नगद ११ हजारका साथै ट्रफी, प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगितामा पुरुष सिनियरतर्फ त्रिभुवन आर्मी क्लबका कमल बहादुर अधिकारी र जुनियर तर्फ बाँकेका प्रकाश केसी उत्कृष्ट भारोत्तोलक घोषित भए । महिला तर्फ सिनियरमा नेपाल पुलिसकी देवी कुमारी चौधरी र जुनियर तर्फ बाँकेकी संजु चौधरी उत्कृष्ट भारोत्तोलक घोषित भए ।

काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको जुनियर तर्फ पुरुषमा एपिएफका लालबाबु पासवान र महिलामा डिभाईन फिटनेशकी पल्लवी चौधरी उदियमान खेलाडी घोषित भए । उनीहरुले ट्रफी, प्रमाण पत्रका साथै जुरी घनश्याम मुखियाबाट प्रोत्साहन स्वरुप नगद २५÷२५ सय प्राप्त गरे ।

प्रतियोगिताको अन्तिम दिन आर्मीका राजु चौधरीले सिनियरतर्फ ६२ केजी तौलमा २०३ केजी भारका साथ स्वर्ण हात पारे । चौधरीले स्नाचमा ८८ केजी र क्लिनमा ११५ केजी भार बहन गरे । दोश्रो स्थानमा नेपाल पुलिसका मुई लामा रहे । उनले स्नाचमा ८७ केजी र क्लिनमा १०० केजी भार बहन गरे । कास्य पदक पाएका एपिएफका सुभाष कुमार शाहले १७४ केजी भार बहन गरे । उनले स्नाचमा ७८ र क्लिनमा ९६ केजी भार बहन गरे ।

जुनियर तर्फ नेपाल पुलिसका गणेश रानाभाटले १६१ केजी भारका साथ स्वर्ण कब्जा गरे । उनले स्नाचमा ७३ केजी र क्लिनमा ८८ केजी भार बहन गरे । दोश्रो स्थानमा बाँकेका तुसार बुढामगर रहे । उनले स्नाचमा ६५ र क्लिनमा ८५ केजी गरि कुल १५० केजी उचाले । तेश्रो स्थानमा रहेका पर्साका निरज गुप्ताले स्नाचमा ५०, क्लिनमा ६७ गरि कुल ११७ केजी उचाले ।

प्रतियोगिताको ६९ केजी तौलमा ओलम्पियन कमल अधिकारीले २५५ केजी भारका साथ स्वर्ण पाए । आर्मीका उनले स्नाचमा ११० र क्लिनमा १४५ केजी उचालेका थिए । एपिएफका महेश चौधरीले २१० केजी भार बहन गर्दै रजत पाए । उनले स्नाचमा ९० केजी र क्लिनमा १२० केजी उचाले । कास्य पदक पाएका आर्मीका जीवन तामाङ्गले स्नाचमा ७५, क्लिनमा १०२ केजी गरि कुल १७७ केजी उचाले ।

जुनियर तर्फ बाँकेका प्रकास केसीले स्वर्ण हात पारे । उनले स्नाचमा ९५ केजी र क्लिनमा १२२ केजीका साथ कुलमा २१७ केजी बार बहन गरे । बाराका सजरुद्धिन आलमले कुलमा १५५ केजीका साथ रजत र बाँकेका प्रशान्त योगीले कुलमा १४० केजीका साथ कास्य पाए ।

पुरुषकै सिनियर ७७ केजी तौलमा नेपाल पुलिसका विकास थापाले स्नाचमा ११२, क्लिनमा १३० केजीका साथ कुलमा २४२ केजी भारका साथ स्वर्ण पाए । दोश्रो स्थानमा रहेका आर्मीका यज्ञबहादुर सारुले कुलमा २२० केजी भार उचाले । एपिएफका तिलक थापाले १८५ केजीका साथ कास्य पाए । जुनियर तर्फ बाँकेका सुरज बैश्यले १९५ केजी भारका साथ स्वर्ण कब्जा गरे । उनले स्नाचमा ८५ केजी र क्लिनमा ११० केजी उचाले । झापाका सुलभ बस्नेतले कुल १०२ केजीका साथ रजत पाए ।

प्रतियोगिताको ८५ केजी तौलमा पुलिसका ओम प्रकास बैश्यले २२६ केजी भारका साथ स्वर्ण पाए । उनले स्नाचमा १०० केजी र क्लिनमा १२६ केजी उचाले । आर्मीका दिनेश कार्की र एपिएफका सन्तोष चौधरीले रजत र कास्य पाए । दिनेशले २०३ केजी र सन्तोषले १९८ केजी तौल उचाले ।

जुनियर तर्फ कञ्चनपुरका विकास भट्टले स्नाचमा ६० र क्लिनमा ८२ गरि कुल १४२ केजीका साथ स्वर्ण हात पारे । दोश्रो स्थानमा ११२ केजीका साथ बाराका नाग अर्जन गुप्ता रहे । यसै गरि ९४ केजीको सिनियर तर्फ आर्मीका टहल बहादुर बसेलले पुलिसका खेलाडीहरुलाई पछि पार्दै स्वर्ण पाए । उनले स्नाचमा ८८, क्लिनमा १२५ केजी गरि कुलमा २१३ केजी भार बहन गरे । पुलिसका गगन चन्दले रजत र श्री कृष्ण महर्जनले कास्य पाए । गगनले स्नाचमा ९० केजी र क्लिनमा १२१ केजीका साथ कुलमा २११ केजी भार बहन गरे । यस्तै श्री कृष्णले स्नाचमा ९५ र क्लिनमा ११५ केजी गरि कुल २१० केजी उचाले । जुनियर तर्फ कञ्चनपुरका विशाल सिंह बिष्टले कुल १९५ केजीका साथ स्वर्ण कब्जा गरे । एकल प्रतिस्पर्धामा उनले स्नाचमा ८५ र क्लिनमा ११० केजी भार उचाले ।

पुरुषको १०५ केजी तौलमा स्ट्रङ्गेष्ट खेलाडी घोषित पुलिसका सन्देश गुरुङ्गले २५८ केजी भारका साग स्वर्णलाई आत्मसाथ गरे । उनले स्नाचमा ११५ केजी र क्लिन एण्ड जर्कमा १४३ केजी भार बहन गरे । दोश्रो स्थानमा रहेका आर्मीका विनोद खड्काले स्नाचमा ८५ केजी र क्लिनमा ११५ केजीका साथ २०० केजी भार बहन गरे । यस्तै एपिएफका रनबहादुर नगरकोटीले १९९ केजीका साथ कास्य पाए । उनले स्नाचमा ८६ केजी र क्निलमा ११३ केजी भार उचाले । जुनियर तर्फ बर्दियाका रोशन बिसीले एकल प्रतिस्पर्धा गर्दै स्वर्ण पाए । उनले स्नाचमा ६५ र क्लिनमा ८५ केजीका साथ १५० केजी भार उचाले ।

१०५ केजी माथीको तौलमा आर्मीका पुकार गुरुङ्ग पहिलो भए । उनले स्नाचमा ११५ केजी र क्लिनमा १३० केजी गरि कुल २४५ केजी भार उचाले । दोश्रो स्थानमा रहेका बाराका आदर्श कुमार गुप्ताले १२६ केजी उचाले । उनले स्नाचमा ५६ र क्लिनमा ७० केजी उचाले । यस्तै जुनियर तर्फ कञ्चनपुरका सागर भण्डारीले स्नाचमा ९७ केजी र क्लिनमा १२५ केजी गरि कुल २२२ केजी उचाले । रुपन्देहीका प्रविन नेपालीले स्नाचमा ६० केजी र क्लिनमा ७० केजी गरि कुल १३० केजीका साथ रजत पाए ।

नेपाल भारोत्तोलन संघका पूर्व उपाध्यक्ष एवं ओलम्पियन सुनिललाल जोशीको स्मृतीमा आयोजना गरिएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे, सुनिललाल जोशीकी धर्म पत्नी रेखा जोशी, नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन कुमार टण्डन, महासचिव पार्थ सारथी सेन गुप्त लगायतले पुरस्कार वितरण गरेका थिए ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
बिएनए बास्केटबल मंगलबारदेखि
बिएनए बास्केटबल मंगलबारदेखि
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP