एजेन्सी । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब लिभरपुल स्पेनको एथ्लेटिक बिल्बाओसँग बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको मैत्रीपूर्ण लिभरपुल बिल्बाओसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकिएको हो ।
एनफिल्डमा खेलको १३ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको ५३ औं मिनेटमा एलेक्स बेरेनगुएरले गोल गर्दै बिल्बाओलाई हारबाट जोगाए ।
यस्तै खेल दौरान लिभरपुलका एन्डी रोबर्टसनले चोट बोकेका छन् ।

