एजेन्सी । म्यानचेस्टर युनाईटेडका फरवार्ड जेसे लिंगार्डलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
युनाईटेडले २८ वर्षीय लिंगार्डलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।
कोरोना देखिएपछि लिंगार्ड सेल्फ आईसोलेसनमा बसेको बताईएको छ ।
कोरोना संक्रमण भएपछि लिंगार्डले एभर्टनविरुद्धको मैत्रीपूर्ण खेल गुमाएका थिए ।
शनिबार भएको मैत्रीपूर्णमा युनाईटेडले एभर्टनलाई ३-० ले हराएको थियो ।
इंग्ल्यान्डका फरवार्ड लिंगार्डले सिजनको पहिलो खेल समेत गुमाउन सक्ने भएका छन् ।
गत सिजन उनले वेस्ट ह्यामबाट लोनमा खेलेका थिए ।