काठमाडौं । नयाँ सिजनको फ्रेन्च लिग वान फुटबलको पहिलो खेलमा मोनाको र नेन्ट्सले बराबरी खेल्दै अंक बाडेका छन् ।
शुक्रबार राति भएको खेलमा मोनाको र नेन्ट्सले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
मोनाकोको घरेलु मैदानमा सुरुवाती अग्रता पनि घरेलु टोलीले बनाएको थियो ।
खेलको १४ औं मिनेटमा गेल्सन मार्टिन्सले गोल गर्दै मोनाकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको ४२ औं मिनेटमा जिन चार्ल्स कास्टेलेट्टोले गोल गर्दै नेन्टसलाई १-१ गोलको बराबरीमा फर्काएका थिए ।
यस बराबरीसँगै दुबै टोलीले सिजनको पहिलो खेलमा एक एक अंक पाएका छन् ।
नेन्ट्स लिगको शीर्ष स्थानमा रहदा मोनाको दोस्रो स्थानमा रहेको छ ।
