काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब टोटेनहमले डिफेन्डर क्रिस्टियन रोमेरोलाई अनुबन्ध गरेको छ ।
टोटेनहमले अर्जेन्टिनाका डिफेन्डरलाई सिरी 'ए' क्लब एट्लान्टाबाट अनुबन्ध गरेको हो ।
टोटेनहमले सेन्टर ब्याक रोमेरोलाई ४७ मिलियन पाउण्डमा अनुबन्ध गरेको बीबीसीले जनाएको छ ।
२३ वर्षीय डिफेन्डर रोमेरोले गत सिजन इटालियन क्लबका लागि ४२ खेल खेलेका थिए ।
गत सिजन रोमेरो सिरी ए को उत्कृष्ठ डिफेन्डर चुनिएका थिए ।
रोमेरो युभेन्ट्सबाट एट्लान्टा आएका थिए ।
अर्जेन्टिनाका लागि उनले ५ खेलमा १ गोल गरेका छन् ।
गत महिना अर्जेन्टिनाले कोपा अमेरिका जित्दा उनी टिममा रहेका थिए ।
उनले तीन खेल समेत खेलेका थिए ।