एजेन्सी। इंग्लिस क्लब वेस्ट ब्रुमका अट्याकिङ मिडफिल्डर माथुएस परेरा साउदी अरेबियन क्लब अल हिलालमा अनुबन्धित भएका छन् ।
वेस्ट ब्रुमले शुक्रबार ब्राजिलियन मिडफिल्डर अल हिलालमा अनुबन्धित भएको जनाएको छ ।
परेरा वेस्ट ब्रुममा दुई सिजन बसेर साउदी लागेका हुन् ।
२५ वर्षीय परेरा स्पोर्टिङ सिपिबाट २०१९ मा वेस्ट ब्रुम आएका थिए ।
वेस्ट ब्रुमका लागि उनले ७७ खेलमा २० गोल गरेका छन् ।
गत सिजन उनले ३३ प्रिमियर लिग खेलमा ११ गोल गरेका थिए ।