एजेन्सी । पेरिस सेन्टर जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले लियोनल मेस्सीका लागि १० नम्बर जर्सी छाड्ने भएका छन्।
अर्जेन्टिनाका कप्तान मेस्सी पीएसजी आएमा १० नम्बरको जर्सी उनलाई दिन नेयमारले क्लबमा प्रस्ताव गरेको गेट फ्रेन्च फुटबल न्युजले जनाएको छ।
बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएका मेस्सी पीएसजीमा अनुबन्धित हुने चर्चा छ।
तर, पीएसजी आउने चर्चा चलिरहेको बेला नै नेयमार मेस्सीका लागि १० नम्बरको जर्सी छाड्न तयार भएका हुन्।
नेयमार र मेस्सीको व्यक्तिगत सम्बन्ध निकै राम्रो रहेको छ। मेस्सी र नेयमार बार्सिलोनाका सहकर्मी समेत हुन् ।
नेयमार सन् २०१७ मा बार्सिलोनाबाट कीर्तिमानी मूल्यमा पीएसजी आएका थिए।