एजेन्सी । मेक्सिकोको यू-२३ टोलीले टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा कास्य पदक जितेको छ ।
तेस्रो स्थानको लागि शुक्रबार भएको खेलमा जापानलाई ३-१ गोल अन्तरले पराजित गर्दै मेक्सिकोले कास्य पदक जितेको हो ।
मेक्सिकोको जितमा फ्रान्सिस्को कोर्डोभा, जोहान भास्क्वेज र अर्नेस्टो भेगाले एक एक गोल गरे ।
जापानका कोरु मिटोमाले एक गोल फर्काए ।

१३ औं मिनेटमा फ्रान्सिस्कोले पेनाल्टीमा गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए ।
खेलको ३३ औं मिनेटमा भास्क्वेजले गोल गर्दै मेक्सिकोलाई २-० को अग्रता दिलाए ।
खेलको ५८ औं मिनेटमा भेगाले गोल गर्दा मेक्सिकोको अग्रता ३-० को बन्यो ।
त्यसपछि खेलको ७८ औं मिनेटमा जापानका मिटोमाले एक गोल फर्काएपनि मेक्सिको ३-१ ले विजयी भयो ।
पुरुष फुटबलको स्वर्ण पदकको लागि भने ब्राजिल र स्पेनबीच शनिबार प्रतिस्पर्धा हुनेछ ।
