काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब टोटेनहमले डिफेन्डर क्रिस्टियन रोमेरोलाई अनुबन्ध गर्ने पक्का भएको छ ।
अर्जेन्टिनाका डिफेन्डरलाई टोटेनहमले सिरी ए क्लब एट्लान्टाबाट अनुबन्ध गर्न लागेको हो ।
सेन्टर ब्याक रोमेरो सम्झौताका लागि लण्डन आएर मेडिकल भईसकेको बताईएको छ ।
२३ वर्षीय डिफेन्डरले टोटेनहमसँग पाँच वर्षको सम्झौता गर्ने बताईएको छ ।
रोमेरोले गत सिजन इटालियन क्लबका लागि ४२ खेल खेलेका थिए ।
गत सिजन रोमेरो सिरी ए को उत्कृष्ठ डिफेन्डर चुनिएका थिए ।
रोमेरो युभेन्ट्सबाट एट्लान्टा आएका थिए ।