काठमाडौं । तुर्कमेनिस्तानले एएफसी महिला एसियन कप-२०२२ छनौट प्रतियोगिता नखेल्ने भएको छ ।
तुर्कमेनिस्तानले छनौट प्रतियोगिताबाट नाम फिर्ता लिएको एसियन फुटबल फेडेरेसन (एएफसी) ले जनाएको छ ।
कोरोना भाईरसको महामारीको कारण सरकारले यात्रामा प्रतिबन्ध लगाएको कारण तुर्कमेनिस्तानले छनौटबाट नाम फिर्ता लिएको बताईएको छ ।
छनौटमा तुर्कमेनिस्तान समूह 'ए' मा रहेको थियो । यस समूहमा चाइनिज ताइपे, बहराइन र लाओस रहेका छन् ।
छनौटमा नेपाल समूह 'एफ' मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ ।
यस समूहको छनोट खेल नेपालमा हुनेछ । एएफसीले छनोटको प्रारम्भिक मिति १३ देखि २५ सेप्टेम्बर (२८ भदौ देखि ९ असोज) लाई तोकेको छ ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।