दर्शकसहितको फ्रान्सेली लिग वान आजदेखि
२०२१ अगस्ट ६, शुक्रबार: ०३:२८ पूर्वाह्नखेलपाटी संवाददाता

काठमाडौं । फ्रान्सली लिग वान शुक्रबारदेखि सुरु हुँदैछ । पछिल्लो सिजन लिलेले आश्चर्यजनक रूपमा फ्रान्सको माथिल्लो डिभिजनको उपाधि जितेको थियो ।
तर नयाँ सिजन सुरु हुँदा धेरै फेरबदल भएको पेरिस सेन्ट जर्मन (पीएसजी) फेरि एकपल्ट लिग उपाधि जित्ने प्रयासमा हुनेछ । अनि यसपल्ट दर्शक पनि रंगशालामा फर्कने छन् ।
यही दर्शक नहुँदा फ्रान्सेली क्लब आर्थिक संकटमा थिए । शुक्रबार उद्घाटन खेलमा पूर्व विजेता मोनाकोले नेन्ट्सको सामना गर्नेछ । युरोपका अन्य प्रमुख लिगको तुलनामा लिग वान एक साता अगाडि सुरु हुन लागेको हो । फ्रान्सेली लिग वान आफै भने इंग्ल्यान्ड, स्पेन, जर्मनी र इटालीका लिगसँग विश्वब्यापी लोकप्रियताका लागि निकै संघर्षरत छ ।
पछिल्लो समय फ्रान्सेली लिग फुटबल कमजोर हुनु पछाडि कोरोना भाइसर संक्रमण महामारीको प्रभाव र त्यसले उत्पन्न गराएको गम्भीर आर्थिक संकट नै रहेको छ । लिलेले गत सिजन उपाधि जित्दा उसको घरेलु मैदान लगभग दर्शन विहीन थियो । खासमा पूरा लिग वान दर्शक विना चलेको थियो ।
तर यसपल्ट रंगशाला समर्थकले भरिएका छन् र तिनलाई मास्क लगाउन अनिवार्य पनि रहेको छैन् । फेरि यो उद्घाटन खेलबाट नै लागू हुनेछ । तर ती समर्थकलाई रंगशाला प्रवेश गर्न सजिलो भने पक्कै हुने छैन्, यसका लागि उनीहरूले पूरा भ्याक्सिन लगाएको अथवा नेगेटिभ नतिजा आएको कोरोना भाइरस परिक्षणको प्रमाण अथवा आफू कोभिड १९ बाट निको भइसकेको प्रमाण पेस गर्नु पर्नेछ ।
–एएफपीको सहयोगमा ।