एजेन्सी । स्कटिस क्लब सेल्टिकले गोलकिपर जोए हार्टलाई अनुबन्धित गरेको छ ।
सेल्टिकले प्रिमियर लिग क्लब टोटेनहमबाट हार्टलाई अनुबन्ध गरेको छ ।
३४ वर्षीय गोलकिपरले सेल्टिकसँग तीन वर्षको सम्झौता गरेका छन् ।
इंग्ल्यान्डका पूर्व गोलकिपर हार्ट सन् २०२० मा टोटेनहम आएका थिए ।
उनले गत सिजन टोटेनहमका लागि १० खेल खेलेका थिए ।
हार्टले २०१९/२० को सिजनको अन्त्यसँगै बर्नली छाडेका थिए ।
त्यसअघि हार्टले म्यानचेस्टर सिटीबाट खेलेका थिए ।
सिटीका लागि उनले दुई प्रिमियर लिग, दुई लिग कप र एक एफए कप जितेका थिए ।
इंग्ल्यान्डका लागि उनले ७५ खेल खेलेका छन् ।

यस्तै सेल्टिकले मिडफिल्डर जेम्स म्याककर्थीलाई समेत अनुबन्ध गरेको छ ।
जेम्सले सेल्टिकसँग ४ वर्षको सम्झौता गरेका छन् ।