एजेन्सी । इंग्लिस क्लब लिभरपुलका डिफेन्सिभ मिडफिल्डर फाबिन्होले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
ब्राजिलियन डिफेन्सिभ मिडफिल्डर फाबिन्होले मंगलबार सम्झौता नवीकरण गरेको लिभरपुलले जनाएको छ ।
२७ वर्षीय डिफेन्सिभ मिडफिल्डरले लिभरपुलमा थप पाँच वर्ष बस्ने गरि सम्झौता गरेका हुन् ।
सम्झौता नवीकरणसँगै फाबिन्हो सन् २०२६ सम्म लिभरपुलमा बस्ने छन् ।

फाबिन्हो सन् २०१८ मा फ्रेन्च क्लब मोनाकोबाट प्रिमियर लिग क्लब आएका थिए ।
फाबिन्होले लिभरपुलका लागि १ सय २२ खेल खेलेका छन् ।
लिभरपुलका लागि फाबिन्होले प्रिमियर लिग, च्याम्पियन्स लिग र सुपर कप जितिसकेका छन् ।
ब्राजिलको लागि उनले १७ खेल खेलिसकेका छन् ।