सोमबार, भदौ ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. पारस खड्का : नेपाली क्रिकेटका 'पोस्टर'

पारस खड्का : नेपाली क्रिकेटका 'पोस्टर'

२०२१ अगस्ट ३, मङ्गलबारखेलपाटी संवाददाता

पारस खड्का : नेपाली क्रिकेटका 'पोस्टर'

काठमाडौं । सायदै, अब अन्तराष्ट्रिय क्रिकेटमा ७७ नम्बरको जर्सीसहित पारस खड्का देखिने छैनन् ।

पारस दाइ ! पारस दाइ ! पारस दाइ ! जस्ता गुन्जायमान हुटिङ सुनिने छैन ।

७७ नम्बरको जर्सीमा पारस देखियोस कसरि ? पारसको समर्थनमा हुटिङ सुनियोस पनि कसरि, उनै नेपाली क्रिकेटका प्रिय पारसले अन्तराष्ट्रिय क्रिकेटबाट घोषणा गरिसकेपछि ।  

मंगलबार बिहानै नेपाली क्रिकेटमा अप्रत्यासित सन्यास घोषणा आयो । जुन कसैले कल्पना समेत गरेको थिएन ।

सबैको प्रिय पूर्व कप्तान पारसले अप्रत्यासित निर्णय गरे । क्रिकेट जगतलाई आश्चर्यमा पार्दै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे ।

'नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो,' सन्यास घोषणा गर्दै ३३ पारसले लेखेका छन् ।

१७ वर्षे अन्तराष्ट्रिय क्रिकेट करियरमा पारसले नेपाली क्रिकेट अझ नेपाली खेलकुदमै लेजेण्डको रुपमा आफुलाई स्थापित गरे ।

१५ वर्षको उमेरमा सिनियर टिममा डेब्यु गरेका पारसले नेपाली क्रिकेटको आरोह अवरोह देखे । नेपाली क्रिकेटको सुखद र दुखद पाटाको साक्षी बने ।

त्रिवि क्रिकेट मैदान, सन् २००४ अप्रिल २३ । आईसीसी अन्तरमहादेशीय कप । नेपालले मलेसियाविरुद्ध खेल्दै थियो । मलेसियाविरुद्ध खेल्ने सुरुवाती-११ मा थिए, उनै पारस । त्यसयता पारस नेपाली क्रिकेटका एक खम्बा रहदै आए ।

सिनियर टिममा डेब्यु गरेको पाँच वर्ष पछि नै अलराउण्डर पारसले नेपाली टिमको नेतृत्व सम्हाल्ने मौका पाए । युएईमा भएको एसिसी टि–ट्वान्टी ट्रफीमा पारसले पहिलो पटक नेपाली टोलीको कप्तानी गरेका थिए ।

विनोद दासको स्थान लिएका पारसले २०१९ मा टिमको कप्तानी छाडेका थिए । तर, मैदानमा पारस सधै टिमको लिडरको रुपमा रहे ।

अन्तर्राष्ट्रिय जगतमा नेपाली क्रिकेटले हात पारेको हरेक सफलताको नेतृत्व पारसले गरेका छन् ।

कुनै समय डिभिजन-५ मा अड्किएको नेपाली क्रिकेटलाई पारसले टी–ट्वान्टी विश्वकप हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउने यात्राको नेतृत्व गरे ।

नेपाली क्रिकेट आईसीसीबाट निलम्बनमा रहदाँ समेत उनैले कप्तान र अभिभावकको रुपमा नेपाली क्रिकेटलाई अघि बढाए ।

पारस जति सफल खेलाडी र कप्तान अब नेपाली क्रिकेटले बिरलै पाउनेछ ।

Three new record set by paras in Division-2 – WicketNepal

'क्याप्टेन कुल' को उपमा पाएका पारसले १० एकदिवसीय अन्तराष्ट्रिय र ३३ टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् ।

पारसले एकदिवसीयमा ३ सय १५ रन बनाउँदा ९ विकेट लिएका छन् । टी-ट्वान्टीमा उनले ७ सय ९९ रन जोड्दा ८ विकेट लिएका छन् । पारस दुवै फर्म्याटमा नेपालको लागि सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् ।

पारसको कप्तानीमा २६ टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपाल ११ खेल जितेको छ । यस्तै ६ एकदिवसीय अन्तराष्ट्रियमा नेपालले ३ खेल जितेको छ ।

पारसले २ फस्ट क्लास क्रिकेट खेल्दा ४४ लिस्ट ए खेल खेलेका छन् ।

पारसको क्रिकेट करियर :

पारस हजुरबुवाको प्रेरणामा क्रिकेटमा लागे । र, नेपाली क्रिकेटमा मेरुदण्डका रुपमा रहे ।

पारसले बाल्यकालमा आफु हजुरबुवासँग क्रिकेट हेर्न जाने गरेको बताउदै आएका छन् । पारसको हजुरबुवा अझै नेपालको क्रिकेट हुँदा टियु मैदान पुग्ने गरेका छन् ।   

अन्तरमहादेशीय कपमा मलेसियाविरुद्ध खेल्दै सिनियर टोलीमा डेब्यु गरेयता पारसले पछाडी फर्केर हेर्नु परेन ।

डेब्यु खेलमा पारसले ४४ रन र १ विकेट लिएका थिए । जुन खेल नेपालले ९ विकेटले जितेको थियो । नेपालको पहिलो प्रथम श्रेणीको जित पनि त्यहीँ थियो ।

Paras Khadka tests postive for Covid-19 | Emerging Cricket

उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै आएका पारसले सन् २००७ मा कुवेतमा भएको एसीसी टी–ट्वान्टी कपमा सिनियर टिमको उपकप्तानीको जिम्मेवारी प्राप्त गरे ।

त्यसको दुई वर्षपछि २००९ मा तत्कालिन कप्तान विनोद दासलाई विस्थापित गर्दै पारस राष्ट्रिय टिमको कप्तान चुनिए ।

त्यसयता उनी नेपाली क्रिकेटका सर्वाधिक सफल र लोकप्रिय कप्तान बने ।

उनी कप्तान भए लगत्तै नेपाल सन् २०१० मा घरेलु मैदानमा भएको डिभिजन-५ को च्याम्पियन बन्यो ।

सन् २०१२ मा मलेसियामा भएको डिभिजन-४ को उपाधि हात पार्दा पारस नायक रहे । सोही वर्ष भएको एसीसी ट्रफी इलाइटको उपाधि नेपाललाई जिताउन पारसले शानदार प्रर्दशन गरेका थिए । उनी प्लेयर अफ द सिरिज घोषित भए ।

एसीसी ट्रफी इलाइट ट्रफीमा कुवेतविरुद्ध शतक प्रहार गरेका पारस नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने छैटौं खेलाडी बने । उनले ७७ बलमा अविजित रहँदै १ सय ६ रन प्रहार गरेका थिए ।

पारसको कप्तानीमा नेपालले सन् २०१३ मा बर्मुडा र सन् २०१४ मा मलेसियामा भएको डिभिजन ३ को उपाधि उचाल्न सफल भएको थियो ।

सन् २०१३ को डिभिजन-३ जितेसँगै नेपालले सन् २०१४ एकदिवसीय विश्वकप छनोटमा सहभागी भयो ।

पारसको कप्तानीमा नेपाल सन् २०१४ को विश्व टी–ट्वान्टीमा छनोट भयो ।

बंगलादेशमा भएको टी–ट्वान्टी विश्वकपमा सहभागिता जनाउदै नेपाल इतिहास रच्न सफल भयो ।

हङकङविरुद्ध पहिलो बलमा पारसले विकेट समेत हात पारेका थिए । उनी टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको डेब्यु खेलको पहिलो बलमा विकेट हात पार्ने विश्वका १० औं खेलाडी बने ।

तीन खेलमध्ये २ मा जित हात पारेको नेपाल नेट रनरेटको आधारमा अघिल्लो चरण पुग्न त सकेन तर प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट जगतले खुलेर प्रशंसा गरेको थियो ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा खेलेको अहिलेसम्मकै ठुलो प्रतियोगिता त्यहिँ हो ।

सन् २०१५ को डिभिजन-२ मा कप्तान पारसले ६ इनिङमा १ सय ८५ रन बनाउँदै ६ विकेट हात पारेका थिए । सो प्रतियोगिताबाट नेपाल सन् २०१५ देखि २०१७ सम्म हुने आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा छनोट भएको थियो ।

विश्व क्रिकेट लिग (सन् २००८ देखि २०१५) अन्तर्गत पारसले १ हजार १ सय ५७ रन बनाएका छन् । जसमा ७ अर्धशतक रहेका छन् ।

सन् २०१८ मा पारसको नेतृत्वमा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्यो । जिम्बाबेमा विश्वकप छनोट हुन नसके पनि नेपालले पारसको नेतृत्वमा ऐतिहासिक एकदिवसीय मान्यता प्राप्त गरेको थियो ।

नेपाललाई टी–ट्वान्टी र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउने पारस पहिलो कप्तान हुन् ।

नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो र एकमात्र खेलाडी हुन् । उनले युएईविरुद्धको खेलमा १ सय १५ रन प्रहार गर्दै कीर्तिमान बनाएका थिए ।

LEADERSHIP LESSONS: FROM THE NEPALI CRICKET TEAM | TNM

पारस टी–ट्वान्टी अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो खेलाडी तथा कप्तान हुन् । उनले सिंगापुरविरुद्ध ५२ बलमा अविजित १ सय ६ रनको इनिङ्स खेल्दै कीर्तिमान बनाएका थिए ।

नेपालका लागि पारसको अन्तिम खेल थाइल्याण्डविरुद्ध रह्यो । एसीसी इस्टर्न रिजन टी-ट्वान्टी अन्तर्गत २०२० को मार्चमा ४ मा नेपालले थाइल्याण्डविरुद्ध खेलेको थियो । त्यहिँ खेल पारसको नेपालका लागि अन्तिम खेल रह्यो ।

नेपालले थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दा पारसले ९ रन जोडेको थियो ।

पारसले अन्तिम एकदिवसीय अन्तराष्ट्रिय खेल भने २०२० को फेब्रुअरी १२ मा  अमेरिकाविरुद्ध खेलेका थिए ।

आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत घरेलु मैदानमा पारसले अमेरिकाविरुद्ध खेलेका थिए । टियु मैदानमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दा पारसले अविजित २० रन बनाएका थिए ।

उमेर समूह :

कक्षा १० सकिने बेला पारस पढ्ने विद्यालयले यू–१५ अन्तर विद्यालय प्रतियोगिता खेलेको थियो । पारस नेतृत्वको टिमले प्रतियोगिताको उपाधिनै हात पार्यो ।

काठमाडौंको क्षेत्रीय छनोटको रुपमा रहेको प्रतियोगितामा राम्रो प्रर्दशन गरेपछि पारससहित तीन खेलाडी क्षेत्रीय छनोटमा परेका थिए । त्यहिँबाट पारसको क्रिकेट करियर सुरु भएको थियो ।

उनले नेपालको यू–१५ हुँदै यू–१७ र यू–१९ टिममा खेल्ने अवसर पाए ।

सन् २००२ मा यू–१५ एसिया कपमा युएईविरुद्व खेल्दै पारसले नेपालको जुनियर टिममा डेब्यु गरेका थिए ।

अर्को वर्ष पारसले यू–१९ टिमबाट प्रतिनिधित्व गरे । त्यो समय कराँचीमा भएको यूथ एसिया कपमा पारसले भारतविरुद्ध खेल्ने मौका पाएका थिए । उनले सन् २००४ को आईसीसी यू–१९ विश्वकपको अनुभव समेत लिए ।

Great News, Paras Khadka will play today if match is not abandoned !

बंगलादेशमा भएको विश्वकप खेलेका पारस सहितको टोलीले टेष्ट राष्ट्र दक्षिण अफ्रिकालाई समेत पराजित गरेको थियो ।

सन् २००५ मा उनी यू–१९ टिमको उपकप्तान भए । उनकै टोलीले २००६ मा श्रीलंकामा भएको आईसीसी यू–१९ विश्वकप प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा दक्षिण अफ्रिका र फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै उपाधि जितेको थियो ।

पारसले सन् २००७ मा मलेसियामा भएको एसीसी यू–१९ च्याम्पियनसिपमा उमेर समूहको टोलीको कप्तानी सम्हाल्ने मौका पाएका थिए ।

सोही प्रतियोगिताको उनी उत्कृष्ट खेलाडी घोषित भए । सोही वर्ष उनले एसीसी इमर्जिङ प्लेयर अफ दि ईयरको अवार्ड हात पारे ।

सन् २००८ को आईसीसी यू–१९ विश्वकपमा पारसले नेपाली टिमको कप्तानी गरेका थिए । सो विश्वकपमा उनको प्रदर्शनबाट प्रभावित हुँदै विश्वकप स्मारिका कार्यक्रममा पारसलाई टेस्ट राष्ट्रको टिममा हुनु पर्ने खेलाडी भन्दै सम्बोधन गरिएको थियो । 

 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

पाकिस्तानमाथि भारतको सहज जित

पाकिस्तानमाथि भारतको सहज जित

Bhat Bhateni
घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

नाटकीय लिभरपुल

नाटकीय लिभरपुल

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

बार्सिलोनाको आधा दर्जन गोल

बार्सिलोनाको आधा दर्जन गोल

पाकिस्तानमाथि भारतको सहज जित

पाकिस्तानमाथि भारतको सहज जित

ललितपुर सिटीका डिफेन्डर गोली लागेर घाइते

ललितपुर सिटीका डिफेन्डर गोली लागेर घाइते