एजेन्सी । इंग्लिस क्लब साउथह्याम्पटनले युवा खेलाडी टिनो लिभ्रामेन्टो लाई अनुबन्ध गरेको छ ।
साउथह्याम्पटनले युवा डिफेन्डर टिनोलाई चेल्सीबाट अनुबन्ध गरेको छ ।
१८ वर्षीय डिफेन्डरले साउथह्याम्पटनसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
साउथह्याम्पटनमा उनले २१ नम्बरको जर्सी लगाउने छन् ।
इंग्ल्यान्डको यू-१९ टोलीका डिफेन्डर टिनो ९ वर्षको उमेरमा चेल्सीको एकेडेमीमा आबद्द भएका थिए ।
गत सिजन उनले चेल्सीको यू-२३ टोलीका लागि २० खेल खेलेका थिए ।
