एजेन्सी । इंग्लिस क्लब ब्राइटनका डिफेन्डर एडम वेबस्टरले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
डिफेन्डर एडमले थप पाँच वर्ष क्लबमा बस्ने गरि सम्झौता नवीकरण गरेका हुन् ।
अब २६ वर्षीय डिफेन्डर २०२६ सम्म ब्राइटनमा बस्ने छन् ।
सेन्टर ब्याक एडम सन् २०१९ मा ब्रिस्टोल सिटीबाट ब्राइटन आएका थिए ।
एडमले ब्राइटनका लागि ६० प्रिमियर लिग खेलमा ४ गोल गरेका छन् ।
एडमले इंग्ल्यान्डको यू-१८ र यू-१९ टोलीबाट खेलिसकेका छन् ।
