एजेन्सी । इटालियन क्लब युभेन्ट्सका कप्तान जर्जियो चिलिनीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
डिफेन्डर चिलिनीले क्लबसँगको सम्झौता नवीकरण गरेको युभेन्ट्सले जनाएको छ ।
३६ वर्षीय डिफेन्डरले क्लबमा थप दुई वर्ष बस्ने गरि सम्झौता नवीकरण गरेका हुन् ।
सम्झौता नवीकरणसँगै चिलिनी सन् २०२३ सम्म युभेन्ट्समा रहने छन् ।
इटालीका कप्तान समेत रहेका चिलिनी सन् २००४ मा रोमाबाट युभेन्ट्स आएका थिए ।
सेन्टर ब्याक चिलिनीले युभेन्ट्सका लागि ६ सय ३९ खेल खेलेका छन् ।
इटालीका लागि उनले ९ सिरी ए,पाँच कोपा इटालिया लगायत थुप्रै उपाधि जितेका छन् ।
चिलिनीले हालै आफ्नो कप्तानीमा इटालीलाई युरोकप २०२० फुटबलको उपाधि दिलाएका थिए ।
चिलिनीले इटालीका लागि १ सय १२ खेलम ८ गोल गरेका छन् ।
