एजेन्सी । स्विडेन टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको दोस्रो सेमिफाइनलमा १० खेलाडीमा समेटिएको अष्ट्रेलियालाई १-० गोल अन्तरले पराजित गर्दै स्विडेन फाइनलमा पुगेको हो ।
स्विडेनको जितमा फ्रिडोलिना रोल्फोईले निर्णायक गोल गरिन् । उनले ४६ औं मिनेटमा गोल गरेकी थिइन् ।
यस्तै खेलको इन्जुरी समयमा अष्ट्रेलियाकी एली कार्पेन्टरले रातो कार्ड पाएकी थिइन् ।
अब स्विडेनले स्वर्ण पदकको लागि क्यानडासँग खेल्नेछ ।
क्यानडाले अमेरिकालाई हराएर फाइनलमा स्थान बनाईसकेको छ ।
