• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
एन्फामा 'अर्ली' चुनावको माग
खेलपाटी संवाददाता
सोमबार, साउन १८, २०७८ खेलपाटी संवाददाता
एन्फामा 'अर्ली' चुनावको माग
एन्फाको केन्द्रिय सदस्य किरण राई । फोटो : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रवक्ताबाट राजीनामा दिएका केन्द्रिय सदस्य किरण राईले संघको अर्ली चुनावको माग गरेका छन् ।

सोमबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका प्रवक्ताले वर्तमान फुटबलको समाधान चुनावबाट मात्र निस्कने दाबी गरे ।

‘एन्फा विवादको समाधान हाम्रो हातमा छैन । एन्फा भित्र जुन शक्ति संघर्ष चलेको छ, यसको समाधान देखिदैन ।’ उनले भने, ‘चाँडो जिल्ला र प्रदेश अधिवेशन सकेर ६–७ महिनाभित्र नयाँ चुनाव गर्नुपर्छ ।’

राईले फुटबलमा पछिल्लो समय जालझेल र षड्यन्त्र उत्कर्षमा पुगेको बताउँदै फुटबल विकासका लागि सबै जना रोकिनुपर्ने अवस्था आएको उल्लेख गरे ।

राईले एन्फाभित्र अध्यक्ष र वरिष्ठ उपाध्यक्षको विवादले फुटबललाई राम्रो नगर्ने बताए ।

मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामा प्रकरण र प्रशिक्षकले वरिष्ठ उपाध्यमाथि लगाएको आरोपले फुटबल विवाद उत्कर्षमा पुगेको छ । प्रवक्ताको हैसियतामा राईले संस्थागत धारणा राख्दै आएका थिए ।

आइृतबारको पत्रकार सम्मेलनमा उनले पछिल्लो केन्द्रिय समिति बैठकको निर्णयमा आपत्ति जनाए । फुटबलभित्रको विवाद एन्फाभित्रै समाधान खोजिनुपर्नेमा युवा तथा खेलकुद मन्त्रालयलाई छानविनका लागि सिफारिस गर्ने एन्फाको निर्णय उनले खराब रहेको बताए ।

'मन्त्रालयलाई छानविनका लागि सिफारिस गर्ने निर्णयमा गल्ती भयो । राष्ट्रिय र अन्तराष्ट्रिय नियम र फुटबलको मर्मत अनुसार फुटबल भित्रको समस्या फुटबल भित्रबाट हल गर्नपर्छ भन्ने मान्यता छ ।' उनले भने, 'बैठकले तेस्रो व्यक्तिको आह्वान गरेको छ । यसले खराब नजिर बस्यो । यदी फुटबलको विषय हो भने मन्त्रालयले हल गर्न सक्दैन । राखेप हुँदै पुन एन्फामै सो विवाद आउँछ । यसले विवाद जटिलतातर्फ गएको छ ।'

एन्फा कार्यसमिति बैठकमा उनले संघभित्र समस्याको समाधान खोजिनुपर्ने धारणा राखेका थिए । एन्फा विवादमा मन्त्रालयलाई घुसाउन नहुने उनको तर्क थियो । तर अध्यक्ष शेर्पाले आफु समेत मुछिएको विषयमा उच्च स्तरीय छानविन गर्नुपर्ने भन्दै मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गराएका थिए ।

उनले जिम्मेवारीमा बसेर स्वतन्त्रपूर्वक धारणा राख्न नसकिने भएकाले आफु बाहिर आएको प्रष्टोक्ति दिए ।

'स्वतन्त्रपूर्वक विचार राख्न पर्ने भएकाले राजीनामा गरेको बाहिर आएको हुँ । यसमा कसैलाई दोषारोपण गर्न चाहन्न ।' उनले भने ।

राईले फुटबल भित्रको राजनीतिक अन्तरसंघर्षले फुटबललाई असर गर्न नहुने धारणा राखे ।

'राजनीति र फुटबलको गतिविधि दुई फरक ध्रुवबाट जानपर्छ ।' उनले भने, 'फुटबल पदाधिकारी तल्लो स्तरको गालीगलौजमा जानु हुदैन । फुटबलभित्र जे जालझेल भइरहेको छ । त्यो गम्भिर छ ।'

उनले प्रशिक्षकको राजीनामा प्रकरणमा वरिष्ठ उपाध्यक्षमाथि बढीनै अन्याय भएको बताए । प्रवक्ताको जिम्मेवारीबाट बाहिर रहेपनि उनले फुटबलमा मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने धारणा राखे ।

प्रवक्ता राईले आईतबारनै दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गर्ने तयारी गरेका थिए । तर बिहानै अध्यक्षसंग भेटेपछि उनी ब्याक पनि भएका थिए । तर पुन सोमबार बिहानै उनले राजीनामा दिने निर्णयमा पुगे ।

राईले अध्यक्ष कर्माछिरिङ शेर्पाको प्यानलबाट एन्फाको केन्द्रिय सदस्य जितेका थिए । शेर्पाले उनलाई एन्फा प्रवक्तामा नियुक्त गरेका थिए ।

एन्फाभित्रको राजनीतिमा राई वरिष्ठ उपाध्यक्ष निकट मानिन्छन् । तर उनले अध्यक्ष र वरिष्ठ उपाध्यक्षसंग समदुरी राख्दै काम गर्दै आएका थिए।

तर प्रशिक्षकको राजीनामा प्रकरणसंगै एन्फाभित्र कित्ताकाटको अवस्था सिर्जना भएको छ । सोही प्रकरणमा असन्तुष्ट रहदै आएका राईले अन्तत प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

याे पनि, एन्फा प्रवक्ता राईद्वारा राजीनामा

 

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP