• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
पहिलो दिन पुलिस क्लबलाई पाँच स्वर्ण
खेलपाटी संवाददाता
बुधबार, असोज १७, २०७५ खेलपाटी संवाददाता
पहिलो दिन पुलिस क्लबलाई पाँच स्वर्ण
काठमाडौं । नेपाल स्ट्रङ्गेष्ट सुनीललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगितामा बुधबार नेपाल पुलिस क्लबले ५ स्वर्ण जित्न सफल भएको छ । प्रतियोगिताको महिला तर्फको खेल समाप्त हुँदा पुलिसले ५ स्वर्ण जित्न सफल भएको हो । 
 
प्रतियोगिताको पहिलो दिन पुलिसकी तारादेवी पुन स्वर्ण हात पार्न सफल भएकी छिन् । पुनले ७५ केजीमाथीको तौल समूहमा सिनियर तर्फ १६६ केजी भारका साथ स्वर्ण जितेकी हुन् । स्नाचमा ७१ केजी उचालेकी उनले क्लिन एण्ड जर्कमा ९५ केजी भार बहन गरिन् ।
दोश्रो स्थानमा रहेकी त्रिभुवन आर्मी क्लबकी अश्मिता राईले स्नाचमा ५० र क्लिनमा ६२ गरि कुल ११२ केजी भार बहन गरिन् । पुलिसकी सुधा थापाले कास्य पाईन् । उनले स्नाचमा ४७ केजी र क्लिनमा ५२ केजी गरि कुलमा ९९ केजी उचालिन् ।
 
सोही विधाको जुनियर तर्फ भएको एकल प्रतिस्पर्धामा नेपाल ब्यायाम मन्दिरकी विद्या राईले स्नाचमा ४०, क्लिनमा ६२ का साथ कुलमा १०२ केजी भारका साथ स्वर्ण कब्जा गरिन् ।
 
४८ केजी तौल समूहमा पुलिसकी संगिता राईले पनि स्वर्ण प्राप्त गरिन् । उनले ४८ केजी तौल समूहमा सिनियर तर्फ आर्मीकी रिता गुरुङ्गलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । राईले स्नाचमा ५३ केजी र क्लिन एण्ड जर्कमा ६७ केजीका साथ कुलमा १२० केजी भार बहन गरिन् । दोश्रो स्थानमा रहेकी आर्मीकी रिताले स्नाचमा ४५ र क्लिन एण्ड जर्कमा ५३ केजी गरि कुल ९८ केजी भार बहन गरिन् । 
यसै समूहको जुनियर तर्फ झापाकी करिना चौधरीले कुल १०० केजी भार बहन गर्दै स्वर्ण जितिन् । उनले स्नाचमा ४५ केजी तथा क्लिन एण्ड जर्कमा ५५ केजी भार बहन गरिन् । दोश्रो स्थानमा डिभाईन फिजिकल फिटनेशकी पल्लभी कुमारी चौधरी रहिन् । उनले स्नाचमा ३५ केजी र क्लिनमा ४२ केजी गरि कुलमा ७७ केजी उचालिन् ।
 
काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको महिलाको ५३ केजी तौलमा पुलिसकी देवी कुमारी चौधरीले प्रथम स्थान हात पारिन् । उनले स्नाचमा ६५, क्लिनमा ७५ केजीका साथ कुलमा १४ केजी भार उचालिन् । दोश्रो स्थानमा रहेकी आर्मीकी मनिषा रानाभाटले स्नाचमा ५० तथा क्लिनमा ७० केजी गरि कुल १२० केजी उचालिन् ।
यसै समूहको जुनियर तर्फ बाँकेकी संजु चौधरीले स्वर्ण पाईन् । एकल प्रतिस्पर्धा गरेकी उनले स्नाचमा ६८ केजी र क्लिनमा ८५ केजीका साथ १५३ केजी भार बहन गरिन् ।
 
५८ केजी तौलमा सिनियर तर्फ नेपाली सेनाकी कमला श्रेष्ठ र जुनियर तर्फ बाँकेकी कविता चौधरीले स्वर्ण पाए । एकल प्रतिस्पर्धा गरेकी कमलाले स्नाचमा ६५ केजी र क्लिनमा ७५ केजीका साथ कुलमा १४० केजी उचालिन् । यस्तै कविताले स्नाचमा ४२ र क्लिनमा ५६ केजी गरि कुलमा ९८ केजी भार बहन गरिन् । यस्तै ६३ केजीको सिनियर तर्फ आर्मीकी सारदा चौधरीले स्वर्ण पाईन् । एकल प्रतिस्पर्धामा उनले स्नाचमा ६० र क्लिनमा ६५ केजी गरि कुल १२५ केजी भार बहन गरिन् ।
 
महिला ६९ केजीमा पुलिसकी राज लक्ष्मी थापाले स्वर्ण हात पारिन् । स्नाचमा ६७ केजी र क्लिनमा ८६ केजीका साथ उनले कुलमा १५३ केजी भार बहन गरिन् । यस्तै पुलिसकै जानकी बुढाले १२४ केजीका साथ रजत पाईन् । उनले स्नाचमा ५६ र क्लिनमा ६८ केजी उचालिन् । यसै विधाको जुनियर तर्फ चितवनकी पुजा कुमालले स्वर्ण पाईन् । उनले स्नाचमा ४० र क्लिनमा ४५ केजी गरि कुलमा ८५ केजी उचालिन् ।
 
७५ केजी तौलमा पुलिसकी लक्ष्मी बनले स्वर्ण र आर्मीकी मन कुमारी कुमालले रजत पाए । बनले स्नाचमा ६० र क्लिनमा ७८ गरि कुलमा १३८ केजी तथा कुमालले स्नाचमा ५७ केजी र क्लिनमा ७६ केजी गरि १३३ केजी भार बहन गरे ।
 
ललितपुर कुमारीपाटीस्थित अग्नि पार्टी प्यालेसमा भएको प्रतियोगिताको पुरुष ५६ केजी तौलमा आर्मीका तुलाराम महतोले आफ्नै क्लबका सन्तोष थपलियालाई पछि पार्दै स्वर्ण हात पारे । महतोले स्नाचमा ८७ केजी र क्लिनमा १०० केजी गरि कुल १८७ केजी भार बहन गरे । दोश्रो भएका थपलियाले १६१ केजी भार उचाले । उनले क्लिनमा ६८ र स्नाचमा ९३ केजी भार बहन गरे ।
 
तेश्रो स्थानमा एपिएफका चक्रमान प्रधान रहे । उनले स्नाचमा ५० र क्लिनमा ५२ केजी गरि १०२ केजी उचाले । जुनियर तर्फ एपिएफका लालबाबु पासवानले स्वर्ण हात पारे । पासवानले स्नाचमा ७६ केजी र क्लिनमा ९० केजी गरि १६६ केजी उचाले । 
 
नेपाललाई अन्तराष्ट्रिय प्रतियोगितामा भारोत्तोलनबाट सवै भन्दा बढि पदक दिलाउन सफल ओलम्पियन एवं तत्कालिन ओलम्पियन संघका अध्यक्ष तथा नेपाल भारोत्तोलन संघका उपाध्यक्ष सुनिल लाल जोशीको स्मृतीमा प्रतियोगिता आयोजना गरिएको हो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP