काठमाडौं। सहिद स्मारक ए डिभिजन क्लब फ्रेन्ड्स क्लब कुपन्डोलले मिडफिल्डर प्रकाश बुढाथोकीलाई अनुबन्धित गरेको छ ।
फ्रेन्ड्सले सोमबार राष्ट्रिय टोलीका मिडफिल्डर प्रकाशलाई अनुबन्ध गरिएको जनाएको छ ।
फ्रेन्ड्सले नयाँ सिजनको ए डिभिजन लिगका लागि प्रकाशलाई टिममा अनुबन्ध गरेको हो ।
ए डिभिजन लिग आगामी कात्तिक २९ गतेबाट सुरु हुनेछ ।
यस्तै फ्रेन्ड्सले प्रकाशलाई टिमको कप्तानीको जिम्मेवारी समेत दिएको छ ।
यस अघि फ्रेन्ड्सको कप्तानी सरोज लामाले गर्दै आएका थिए । तर, सराेज यस सिजनका लागि मनाङ मर्स्याङ्दी क्लबमा आबद्द भएका छन् ।
प्रकाशले अघिल्लो सिजनको लिग न्युरोड टिम एनआरटीबाट खेलेका थिए ।
त्यसअघि उनले मनाङको जर्सी लगाएका थिए ।
त्यस्तै उनले थ्री स्टार क्लबबाट समेत खेलिसकेका छन् ।
