एजेन्सी । अमेरिकाले कोनकाफ गोल्डकप फुटबलको उपाधि जितेको छ ।
एलिजेन्ट स्टेडियममा सोमबार भएको फाइनलमा मेक्सिकोलाई अतिरिक्त समयमा १-० गोल अन्तरले पराजित गर्दै अमेरिकाले उपाधि जितेको हो ।
खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा अमेरिकाका माइल्स रोबिनसन नायक बने । उनले खेलको ११७ औं मिनेटमा गोल गर्दै अमेरिकालाई उपाधि दिलाए ।
यस अघि अमेरिकाले मेक्सिकोलाई नै हराएर पहिलो संस्करणको कोनकाफ नेसन्स लिग फुटबलको उपाधि जितेको थियो ।
त्यस फाइनलमा अमेरिकाले मेक्सिकोलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गरेको थियो ।