एजेन्सी । च्याम्पियनसिप क्लब स्वान्सी सिटीले रसेल मार्टिनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
स्वान्सीले आइतबार स्कटिस प्रशिक्षक मार्टिनलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
३५ वर्षीय प्रशिक्षक मार्टिनले स्वान्सीसँग तीन वर्षको सम्झौता गरेका छन् ।
स्कटल्याण्डका पूर्व डिफेन्डरले यस अघि मिल्टन डोन्सको टिम सम्हालेका थिए ।
स्कटल्याण्डका उनले २९ खेल खेलेका थिए ।
उनले क्लब फुटबलमा नर्विच सिटी, रेन्जर्स लगायतका क्लबबाट खेलेका थिए ।
