एजेन्सी । इंग्ल्यान्डका पूर्व डिफेन्डर ग्यारी काहिलले क्रिस्टल प्यालेस छाडेका छन् ।
३५ वर्षीय डिफेन्डरले आइतबार सामाजिक संजालबाट आफुले क्रिस्टल छाडेको बताएका छन् ।
क्रिस्टलमा दुई वर्ष बिताएर काहिलले क्लब छाडेका हुन् ।
काहिल सन् २०१९ मा क्रिस्टलमा अनुबन्धित भएका थिए ।
उनले क्रिस्टलका लागि कुल ४७ खेल खेलेका थिए ।
गत सिजन उनले २० प्रिमियर लिगमा १ गोल गरेका थिए ।
त्यसअघि उनले चेल्सीमा लामो समय विताएका थिए ।
चेल्सीमा ७ वर्ष बिताउदा उनले दुई प्रिमियर लिगको उपाधि र एक च्याम्पियन्स ट्रफी जितेका थिए ।