काठमाडौं । भर्खरै म्यानचेस्टर युनाइटेडले राफेल भरानेलाई पाँच करोड युरोमा किनेको छ र यसले प्रस्ट पार्छ, पछिल्लो समय प्रमुख युरोपेली क्लबको उद्देश्यनै लिगका लागि मबजुत डिफेन्स बनाउने रहेको छ ।
फेरि यो प्रवृत्ति अन्यत्र भन्दा पनि म्यानचेस्टरमै बढी छ, युनाइटेडमा मात्र होइन्, म्यानचेस्टर सिटीमा पनि ।
खासमा सन् २०१६ यता यी दुई म्यानचेस्टर क्लबले डिफेन्सकै लागि मात्र भनेर ७६ करोड ५० लाख युरो खर्चेको छ ।
सन् २०२०–२०२१ मा सिटीले त्यसका अघिल्ला साल लिग उपाधि गुमाएको पीडालाई भुल्न बेनफिकाबाट रुबेन डायस र बर्नमाउथबाट नथान एके किनेको थियो । नतिजा सिटीले फेरि लिग जित्यो ।
उसले डायसकै लागि मात्र छ करोड ८० लाख युरा खर्चेको थियो । सिटीको उपाधि यात्रामा डायसले निर्णायक भूमिका पनि खेले र उनी नै प्रिमियर लिगमा सिजनको उत्कृष्ट खेलाडी चुनिए ।
त्यही सिजन म्यानचेस्टरले एलेक्स टेलेस किनेको थियो । त्यसको एक सिजन अगाडि म्यानचेस्टरले ह्यारी म्यागुएरलाई अनुबन्ध गरेको थियो । उनलाई आठ करोड ५० लाख युरोमा लेस्टर सिटीबाट किनिएको थियो र यसक्रममा उनी प्रिमियर लिगमा अहिलेसम्मकै सर्वाधिक महँगा डिफेन्डर भए ।
युनाइटेडले त्यही समयमा क्रिस्टल प्यालेसबाट एराने वान बिसाकालाई भित्र्याएको थियो । सिटीले पनि जाओ कान्सेलो र एन्जेलियो किनेको थियो, दुवै असफल जस्तै रहे ।
सन् २०१६ बाट यो सूची बनाउने भने यो अझ लामो छ र यसले तय गरेको छ, यी दुई म्यानचेस्टर क्लबले डिफेन्सका खेलाडी किन्नलाई जोड दिएको मात्र छैन्, तिनमा खर्चिन लोभ पनि गरेको छैन् ।
विश्वास गरिएको छ, भराने आएपछि म्यानचेस्टरको प्रदर्शन नै बेग्लै हुनेछ, किनभने उनी अब्बल दर्जाका डिफेन्डर हुन् ।
–मार्काको सहयोगमा ।