एजेन्सी । प्रि-सिजनको तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सिटीले बर्नस्लीलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा २३ औं मिनेटमा स्यामुएल इडोजीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
३० औं मिनेटमा बेन नाइटले गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।
खेलको ३४ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीको अग्रता तेब्बर बनाए ।
त्यसपछि खेलको ६८ औं मिनेटमा नाथन एकेले गोल गर्दै सिटीलाई ४-० को जित दिलाए ।
मैत्रीपूर्ण खेल अन्तर्गत नै लेष्टर सिटीले क्युपीआरसँग ३-३ गोलको बराबरी खेलेको छ ।
