एजेन्सी । ब्राजिल टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ ।
शुक्रबार भएको क्वाटरफाइनलमा क्यानडासँग पेनाल्टी सुटआउटमा ४-३ ले पराजित हुँदै ब्राजिल बाहिरिएको हो ।
निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टीमा क्यानडाकी फ्लिमीङ जेसी, एस्ले लरेन्स, एड्रिना लियोन र भेनिस्साले गोल गरिन् ।
ब्राजिलकी मार्टा,डेबिन्हा र एरिकाले गोल गरिन् ।

यस्तै अष्ट्रेलियाले इंग्ल्यान्डलाई अतिरिक्त समयमा ४-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
अष्ट्रेलियाको जितमा समान्था केरले दुई गोल गरिन् । अलन्ना केनेड्डी र मेरी फ्लावरले एक एक गोल गरिन् ।
इंग्ल्यान्डकी एलिन ह्वाइटले ह्याट्रिक गोल गरिन् ।
यस्तै स्विडेनले जापानलाई ३-१ ले हराएर सेमिफाइनलमा स्थान बनाएको छ ।
