एजेन्सी । चीनकी सुटिङ खेलाडी याङ चियन जापानमा जारी टोकियो ओलम्पिक खेलकुदमा स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेकी छिन् ।
शनिबार महिला १० मिटर एयर राइफलमा स्वर्ण जित्दै याङ टोकियो ओलम्पिकमा स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी हुन् ।
२१ वर्षिया याङले २५१.८ अंक जोड्दै स्वर्ण जितेकी हुन् ।
यस स्पर्धामा रुसकी अनास्टासिया गलाशीनाले रजत र स्विट्जरल्यान्डकी क्रिस्टिन निनाले कास्य पदक जितिन् ।
यस स्पर्धामा नेपालकी कल्पना परियारले प्रतिस्पर्धा गरेकी थिइन् । कल्पनाले छनोट चरणमा ६ सय १६.८ स्कोर जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
तर, उनी अन्तिम चरणमा भने पुग्न सकिनन् । ५० खेलाडी रहेको छनोट चरणमा कल्पना ४६ औं स्थानमा रहिन् ।
