टोकियो ओलम्पिकको भव्य उद्घाटन
शुक्रबार, साउन ८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदको भव्य उद्घाटन गरिएको छ ।
जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच 'टोकियो ओलम्पिक' औपचारिक रुपमा उद्घाटन गरिएको हो ।
उद्घाटनमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोकेका छन् ।
मार्च पासमा नेपालका सेफ द मिसन रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवालसहित ६ पदाधिकारी सहभागी भएका थिए ।
टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।
टोकियो ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको छ ।
तस्बिर - टोकियो ओलम्पिक






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


