ओलम्पिक खेल्न जापान पुगेकी कल्पना अभ्यासमा
शुक्रबार, साउन ८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । टोकियो ओलम्पिक खेल्न जापान पुगेकी सुटिङकी कल्पना परियारले प्रशिक्षण सुरु गरेकी छिन् ।
टोकियो पुगेर क्वारेन्टाइनको समय पूरा गर्दै कल्पनाले अभ्यास सत्र सुरु गरेकी हुन् । आयोजकले जापान पुगेका खेलाडीलाई तीन दिनको क्वारेन्टिनको समय अनिवार्य गरेको छ ।
यस अघि जुडोकी सोनिया भट्टले पनि अभ्यास सुरु गरिसकेकी छिन् । त्यस्तै महिनाको सुरुवातमा जापान पुगेका पौडीका खेलाडीद्धय गौरिका सिंह र एलेक्जेन्डर शाहले अभ्यासलाई निरन्तरता दिईरहेका छन् ।

कल्पनाले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छन् । वाइल्ड कार्डबाट कल्पनाले ओलम्पिकको यात्रा तय गरेकी हुन् ।
टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले चुनौती पेश गर्नेछन् ।
टोकियो ओलम्पिक औपचारिक रुपमा आज (शुक्रबार) बाट सुरु हुँदैछ ।







-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


