एजेन्सी । ब्राइटनका डिफेन्डर बेन व्हाइटलाई आर्सनलले अनुबन्ध गर्ने भएको छ ।
प्रिमियर लिग क्लब ब्राइटन करिब ५० मिलियन पाउण्डमा बेनलाई आर्सनल पठाउन राजी भएको स्काई स्पोर्ट्सले जनाएको छ ।
सेन्टर ब्याक बेनको लागि आर्सनलले सुरुवातमा ४० मिलियनको प्रस्ताव गरेको थियो । तर, ब्राइटनले प्रस्ताव अस्विकार गरेको थियो ।
पहिलो प्रस्ताव अस्विकार भएपछि आर्सनलले बेन अनुबन्धको लागि अर्को प्रस्ताव गरेको थियो । जसमा ब्राइटन राजी भएको बताईएको छ ।
२३ वर्षीय डिफेन्डरको चाडैं मेडिकल हुने बताईएको छ ।
इंग्ल्यान्डका डिफेन्डर सन् २०१४ मा साउथह्याम्पटनबाट ब्राइटन आएका थिए । उनले २०१६ मा ब्राइटनको सिनियर टिममा डेब्यु गरेका थिए ।