बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

महिला भलिबलकाे गुमेकाे अवसर

शनिबार, ०२ श्रावण २०७८खेलपाटी संवाददाता
महिला भलिबलकाे गुमेकाे अवसर

बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई अभ्यास गराउँदै प्रशिक्षक जगदिश श्रेष्ठ । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय महिला भलिबल टिमले एसियन महिला भलिबल च्याम्पियनसिप खेल्ने अवसर गुमाएको छ । नेपाल सहित दक्षिण एसियाली मुलुकमा बढेको कोरोना संक्रमणका कारण राष्ट्रिय महिला टिमले पहिलो पटक एसियाली च्याम्पियनसिप खेल्ने अवसर गुमाएको हो ।

एसियन च्याम्पियनसिपलाई लिएर सिंङ्गो भलिबल निकै उत्साहीत देखिन्थ्यो । खेलाडी धेरै उत्साहीत थिए । प्रतियोगिताको तयारीमा जुट्दै गर्दा कप्तान अरुणा शाहीले एसियन च्याम्पियनसिप खेलाडीका लागि राम्रो अवसर हुने बताएकी थिईन् ।

‘एसियन च्याम्पियनसिप खेल्न पाउनु राम्रो अवसर हो । पहिलो पटक सहभागी हुँदैछौं । आफुलाई भाग्यमानी महशुश गरेका छौं ।’ उनले भनेकी थिईन् ।

नेपालले पहिलो पटक एसियन च्याम्पियनसिप खेल्न लागेको थियो । महिला भलिबल खेलाडीले पहिलो पटक देशको प्रतिनिधित्व गर्दै एसियाली प्रतियोगिताको अनुभव बटुल्ने योजना बनाएका थिए । तर अन्तिम समयमा आएर नेपालले प्रतियोगितामा सहभागीता जनाउन नपाउने भयो ।

आयोजक फिलिपिन्सले कोभिडको बढ्दो प्रभावका कारण नेपाल सहितका देशलाई प्रतियोगिताका लागि स्वागत गर्न नसक्ने जानकारी गराएको छ ।

‘लामो समयको तयारी गरेका थियौं । तर फिलिपिन्सले कोरोनाका कारण सहभागी गराउन सक्दैनौं भनेर जानकारी गराएको छ । सोही कारण यस पटक एसियन च्याम्पियनसिप खेल्न नसक्ने भयौं ।’ भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले भने ।

‘नेपाल मात्र हैन भारतलाई समेत प्रतियोगिता खेल्न रोकेको छ । संघका कारण यो भएको हैन । कोरोनाका कारण खेल्न नपाईने भएको हो ।’ चन्दले थपे ।

राष्ट्रिय खेलको घोषणा भएसंगै नेपालमा भलिबलको लोकप्रियता चुलिएको छ । प्रतियोगिताहरु थपिएका छन् । नयाँ खेलाडी देखिएका छन् । सुतेको भलिबल मुर्झाउन खोजेको देखिन्छ ।

नेपालको महिला टिमले २०७६ सालमा नेपालमा आयोजना भएको १३ औं सागको राम्रो तयारी गरेको थियो । प्रतियोगिता अघि नेपालले थाइल्याण्डमा लामो समयको प्रशिक्षण गरेको थियो । थाइल्याण्डबाटै एभीसी सेन्ट्रल जोन खेल्न बंगलादेशमा गएको थियो । नेपालले प्रतियोगिताको उपाधिनै उचाल्यो । महिला टिमले ऐतिहासिक स्वर्ण पदक जिते । लगत्तै नेपालले घरेलु भूमी आयोजित १३ औं सागमा उत्कृष्ट प्रर्दशन गर्यो । स्वर्ण नजिक पुगेको नेपालले भारतलाई नतिजा सुम्पियो । तरपनि ऐतिहासिक रजत पदक प्राप्त गर्यो ।

एकपछि अर्को अन्तराष्ट्रिय सफलताले महिला टिमको मनोबल र महत्वकाक्षा उच्च देखिन्छ । एसियन भलिबल च्याम्पियनसिपको सहभागीता त्यसैको निरन्तरता थियो ।

कोभिडका कारण झण्डै डेढ वर्ष अबरुद्ध बनेको राष्ट्रिय र अन्तराष्ट्रिय सहभागीतालाई एसियन च्याम्पियनसिपबाट क्रमभंगता गर्ने नेपालको लक्ष्य थियो । तर देशमा बढ्दो कोभिडका संक्रमणका कारण फिलिपिन्सले नेपालमाथि लगाएको प्रतिबन्ध हटाएन । सोही कारण महिला टिम अन्तिम समयमा आएर एसियन च्याम्पियनसिप खेल्नबाट बञ्चित बनेको छ ।

नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के नेपालको महिला टिमले ऐतिहासिक उपलब्धि गुमाएको बताउँछिन् ।

‘सबै विषय हाम्रो नियन्त्रणमा थिएन । एसियन च्याम्पियनसिपकै लागि भनेर संघले राम्रो तयारी गरेको थियो । प्रतियोगिताका लागि सबै तयारी पुरा गरेको थियो । कोरोनाका कारण नेपाल प्रतियोगिता खेल्न बञ्चित हुन परेको छ ।’ मास्केले खेलपाटीसंग भनिन् ।

‘खेलाडीलाई घरेलु प्रतियोगिता मात्र नभएर अन्तराष्ट्रिय अनुभव समेत दिलाउन आवश्यक छ । एउटा अवसर गुमेपनि अन्य प्रतियोगिताका लागि संघले पहल गर्छ । खेलाडीले निरन्तर कडा मेहनत र परिश्रम गर्न भने आवश्यक छ ।’ उनले थपिन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा