एजेन्सी । सन् २०२३ को च्याम्पियन्स लिग फुटबलको फाइनल खेल टर्कीको इस्तानबुलमा हुने भएको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले २०२३ को फाइनल इस्तानबुलको ओलम्पिक स्टेडियममा गर्ने निर्णय गरेको हो ।
यसअघि २०२० को फाइनल इस्तानबुल तय भएको थियो । तर, कोरोनाको कारण गत सिजनको फाइनल पोर्चुगलको लिस्बनमा भएको थियो ।
सन् २०२२ को फाइनल खेल रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा हुनेछ ।
यस्तै २०२४ को फाइनल खेल इंग्ल्यान्डको वेम्बली स्टेडियम र २०२५ को फाइनल जर्मनीको एलिनाज स्टेडियममा हुने यूईएफएले जनाएको छ ।
महिलाको च्याम्पियन्स लिग अन्तर्गत २०२२ को फाइनल स्पेनको सेभियामा हुनेछ ।
त्यस्तै २०२३ को हंगेरीको बुडापेस्ट, २०२४ को आयरल्याण्डको डुब्लीन र २०२५ को फाइनल स्पेनको बिल्बाओमा हुनेछ ।