एजेन्सी । ओलिभर जिरौडले विशेष क्षणका लागि चेल्सीलाई धन्यवाद दिएका छन् । एसी मिलानसंग अनुबन्ध नजिक रहेका जिरौडले विशेष क्षणका लागि लण्डन क्लबलाई धन्यवाद दिएका हुन् ।
३४ वर्षका फ्रेन्च फरवार्ड सिरि ए क्लबसंग दुई वर्षको सम्झौता गर्ने अपेक्षा गरिएको छ । यस हप्ताको अन्तिममा सम्झौता हुने अपेक्षा छ । उनी सम्झौताका लागि मिलान क्लब पुगेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘मैले नयाँ यात्रा चमक र खुसी ह्दयका साथ गर्दैछु ।’
‘एफ ए कपमा हाम्रो सफलता, युरोपा लिग र च्याम्पियन्स लिगमा प्राप्त उपाधि शानदार रह्यो ।’ उनले भनेका छन् ।
चेल्सीले जिरौडलाई लण्डन क्लब बाहिर जान दिन लागेको हो । उनले पछिल्लो सिजन ३१ खेलमा ११ गोल गरेका थिए ।
‘सबै चेल्सी समर्थक, मेरा सहकर्मी, सबै प्रशिक्षक र सबै क्लबलाई विशेष क्षणका लागि धन्यवाद दिन चाहन्छु ।’ उनले भनेका छन् ।
जिरौड लण्डन प्रतिद्धन्दी आर्सनलबाट १८ मिलियन पाउण्डमा चेल्सी आएका थिए । गत महिना उनले क्लबसंग सन् २०२२ सम्म रहने सम्झौता गरेका थिए ।
विश्वकप विजेता जिरौड युरोकपमा स्विटजरल्याण्डसंग पराजित भएको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान आएका थिए । उनले चेल्सीका लागि १ सय १९ खेलमा ३९ गोल गरेका छन् ।