एजेन्सी । इटालियन क्लब लाजियोले ब्राजिलियन अट्याकीङ मिडफिल्डर फिलिपे एन्डरसनलाई अनुबन्धित गरेको छ ।
सिरी 'ए' क्लब लाजियोले इंग्लिस क्लब वेस्ट ह्यामबाट मिडफिल्डर एन्डरसनलाई अनुबन्धित गरेको हो ।
२८ वर्षीय मिडफिल्डर तीन वर्ष वेस्ट ह्याममा बिताएर लाजियो फर्किएका हुन् ।
एन्डरसन २०१८ मा लाजियोबाट वेस्ट ह्याम आएका थिए ।
एन्डरसनले वेस्ट ह्यामका लागि ७३ खेलमा १२ गोल गरे ।
गत सिजन भने उनले पोर्टोबाट लोनमा खेलेका थिए ।
एन्डरसनले यस अघि लाजियोका लागि २०१३ देखि १८ सम्म खेलेका थिए ।
उनले यस अघि लाजियोका लागि १ सय ७७ खेलमा ३४ गोल गरेका थिए ।