एजेन्सी । सन् २०३० को विश्वकप फुटबल आयोजना गर्नको लागि साउदी अरेबिया र इटालीले संयुक्त दाबी पेश गर्ने भएको छ ।
संयुक्त रुपमा विश्वकप आयोजनाका लागि साउदी र इटालीले छलफल अघि बढाएको द एथ्लेटिकले जनाएको छ । साउदी र इटालीले चाडैं फिफा समक्ष आयोजकको संयुक्त दाबी पेश गर्ने द एथ्लेटिकले जनाएको छ ।
सन् २०३० को विश्वकपका लागि अन्य थुप्रै राष्ट्रले समेत दाबी गरेका छन् ।
फिफाले यस विश्वकप आयोजकको घोषणा २०२४ मा गर्ने जनाएको छ ।
यस अघि स्पेन र पोर्चुगलले २०३० को विश्वकप आयोजनाका लागि संयुक्त रुपमा दाबी पेश गरिसकेको छ ।
त्यसअघि सन् २०२२ को विश्वकप कतार र २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा हुनेछ ।