म्याकग्रेगरको खुट्टाको सफल शल्यक्रिया
सोमबार, २८ असार २०७८खेलपाटी संवाददाता

एजेन्सी । आयरल्याण्डका यूएफसी फाइटर कोनोर म्याकग्रेगरको खुट्टाको चोटको सफल शल्यक्रिया भएको छ।
म्याकग्रेगरका म्यानेजर ओडी अट्टरले उनको देब्रे खुट्टाको टिबियाको सफल शल्यक्रिया भएको बताएका छन् ।
'शल्यक्रिया सफल भएको छ । तीन घण्टाको शल्यक्रियापछि उनको टिबिया र फिबुला रिकोभर भएको छ,' उनले भनेका छन् ।
म्याकग्रेगरले यूएफसी-२६४ फाइटको दौरान चोट बोकेका थिए । जुन खेलमा उनी पराजित भएका थिए ।

अमेरिकाको लास भेगासमा आइतबार बिहान डस्टिन पोइरियरविरुद्धको फाइटमा उनले खुट्टाको चोट बोक्न पुगेका थिए । डस्टिनविरुद्ध पन्च प्रहार गर्ने क्रममा उनको देब्रे खुट्टाको टिबिया भाचिएको थियो ।
जसको कारण म्याकग्रेगर लड्न पुगेका थिए र रेफ्रीले खेल रोकेका थिए । पछि म्याकग्रेगर स्ट्रेचरको सहयताबाट रिङबाट बाहिरिएका थिए ।








%20(2)-1765947464452.png&w=3840&q=75)




-1766593825391.webp&w=3840&q=75)

-1766583817323.jpg&w=3840&q=75)
