काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान विराज महर्जनले बंगबन्धु गोल्डकपको उपाधि फेरी नेपाल लैजाने लक्ष्य रहेको बताएका छन् । खेलको पुर्वसन्ध्यामा कप्तान महर्जनले उपाधि जित्ने लक्ष्य सहित बंगलादेश आएको र जितकालागि प्रत्येक म्याच खेल्ने बताए ।
‘सबै प्रतिद्न्दीले नेपाललाई सरप्राईज टोलीको रुपमा लिएको छ । त्यसले हामीमाथि दबाब समेत छ । त्यसैले हामीले जित्नैपर्छ । राम्रो तयारीकासाथ आएका छौ । बंगबन्धुको ट्रफी फेरी नेपाल लैजाने लक्ष्य छ ।’ विराजले भने ।
नेपालले प्रतियोगिताको तयारीकालागि अगाडीदेखिनै जोड दिएको उल्लेख गर्दै उनले ताजकिस्तानविरुद्धको पहिलो खेल महत्वपुर्ण हुने बताए । ‘पहिलो म्याच जित्नैपर्छ र जितकालागि खेल्नेछौ ।’ उनले भने ।
नेपालले बलियो प्रतिद्न्दी ताजकिस्तानसंग खेल्दै बंगबन्धु गोल्डकपको सुरुवात गर्दैछ ।