• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
खेलकुदको आवरणमा राजनीतिको प्रहसन
खेलपाटी संवाददाता
आइतबार, असार २७, २०७८ खेलपाटी संवाददाता
खेलकुदको आवरणमा राजनीतिको प्रहसन
राजनीतिक नारा सहित विरोध प्रर्दशनमा उत्रिएको नेपाल खेलकुद महासंघ । फोटो : खेलपाटी

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ आईतबार राजनीतिक नारा सहित सडक प्रर्दशनमा उत्रिएको छ । बिपक्षी गठबन्धको असंवैधानिक तथा राष्ट्रघाती कदमको विरुद्ध भन्दै खेलकुद महासंघले सडक प्रर्दशन गरेको हो ।

नेपाल खेलकुद महासंघ प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओली निकट खेलकुदमा काम गर्ने पार्टीको जनवर्गिय संगठन हो । पार्टीभित्र अन्तरविरोध बढ्दै गएपछि माधव नेपाल निकट पुरुषोत्तम पौडेललाई हटाएर ओलीले महासंघमा समानान्तर कमिटी गठन गरेका थिए । युवा संघबाट बाहिरिएका रमेश पौडेललाई खेलकुद राजनीतिमा स्थापित गर्ने उद्धेश्य सहित महासंघ गठन गरिएको थियो । खेलकुद भन्दा तत्कालिन युवा संघको राजनीतिबाट आएका नेतालाई खेलकुद महासंघको जिम्मा लगाईएको थियो ।

तत्कालिन युवा संघका नेताहरुको बाहुल्यता रहेको सोही संगठन प्रधानमन्त्री ओलीको बचाउमा आईतबार सडक प्रर्दशनमा उत्रिएको छ । खेलकुदमा काम गर्ने संगठन राजनीतिक एजेण्डा सहित मैदान उत्रिएपछि यसको सर्वत्र विरोध भएको छ ।

त्रिपुरेश्वरस्थित सडक दशरथ रंगशालको मुख्य गेट गरि आयोजित कार्यक्रमलाई मुख्य वक्ताको रुपमा महासंघका अध्यक्ष पौडेलले सम्बोधन गरेका थिए । उनले सम्बोधनको दौरान सर्वोच्चका न्यायाधिशलाई चेतावनी दिदै अदालतको फैसला सेटिङ्गमा हुन सक्ने आशंका व्यक्त गरेका थिए । तर घरेलु खेलकुदका ज्वलन्त समस्यामा उनी मौन रहे ।

ओलम्पिक खेल्न बञ्चित गरिएका एथलेटिक्सका खेलाडी गोपीचन्द्र पार्की प्रकरणमा पौडेलले केही बोलेनन् । करिब ८ महिनाअघि ओलम्पिकमा छनोट भएको घोषणा गरिएका एथलेटिक्सका खेलाडी गोपीचन्द्र पार्कीलाई प्रतियोगिताको संघारमा जापान उड्ने टिमबाट निकालिएको छ । पार्की आफुमाथि अन्याय भएको भन्दै न्याय दिलाईदिन सार्वजनीक याचना गरिरहेका छन् । तर सत्तारुढ दलको खेलकुदको मुख्य संगठनले यस विषयमा अहिलेसम्म औपचारिक ध्यानाकर्षण समेत निकालेको छैन ।

पिडित खेलाडीले निष्पक्ष छानविन गरि आफुलाई न्याय दिलाईदिन बिलौना गरेका छन् । खेलकुदका मुख्य तीन निकाय राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स संघले संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै पार्की प्रकरणलाई दबाएका छन् । तर खेलाडी र नेपाली खेलकुदको विषयमा राजनीति गर्ने संगठन खेलाडीमाथि भएको अन्यायमा मौनता साधेर राजनीतिक नारा सहित सडक तताएको हो ।

गठन लगत्तै महासंघले ‘कोभिड–नो भिड’ जस्ता अभियान सञ्चालन गरेर खेलकुद राजनीतिमा आफुलाई सक्रिय बनाएको थियो । तर आईतबार दलबल सहित हुल बाँधेर आफ्नै अभियानमा तातो पानी खनाउने काम गर्यो ।

प्राय निष्कृय बस्ने खेलकुदका राजनीतिक संगठनको माझ महासंघको पछिल्लो समयको सक्रियता लोभलाग्दो थियो । खेलाडी र खेलकुदमा राहतका लागि खेलकुद मन्त्रालयको ध्यानकर्षण गराउनेदेखि खेलकुदमा बजेट बढाउन अर्थ मन्त्रालयसम्म दबाब दिनेसम्मको नीतिगत सक्रियता महासंघले देखाएको थियो । खेलाडीलाई प्राथमिकतामा राख्दै कोभिडको खोप लगाउने कार्यक्रम महासंघले सञ्चालन गरेको थियो । थुप्रै स्थानमा कोभिड–१९ को रोकथामका लागि आवश्यक स्वास्थ्य सामाग्री वितरण समेत गरेको थियो ।

तर वर्तमान खेलकुदको भद्रगोल अवस्थादेखि ओलम्पिकबाट बञ्चित गरिएका गोपीचन्द्र प्रकरणमा महासंघले मौनता साध्यो । आफ्नै पार्टीको नियुक्तिबाट आएका राखेप सदस्य सचिव र पार्टी नेता समेत रहेका ओलम्पिक कमिटीका अध्यक्ष संलग्न प्रकरणमा महासंघले हस्तक्षप गर्न सकेन । बरु राजनीतिक नारा सहित सडक संघर्षमा उत्रिएर जग हसाँउने काम गरेको छ । यसले संगठनको शाखमात्र गिराएको छैन, खेलकुदको आवरणमा राजनीतिको सस्तो प्रहसनलाई उजागर गरेकाे छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP