बार्टीलाई पहिलो पटक विम्बल्डनको उपाधि
शनिबार, असार २६, २०७८खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक अष्ट्रेलियाकी अस्लेइग बार्टीले विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् ।
लण्डनमा शनिबार भएको फाइनलमा चेक रिपब्लिककी कारोलिना प्लिस्कोभालाई हराउँदै बार्टी च्याम्पियन बनेकी हुन् ।
उपाधि जित्ने क्रममा २५ वर्षीय बार्टीले कारोलिनामाथि ६-३ र ६-७ (४-७) र ६-३ को सेटमा पराजित गरिन् ।
यससँगै बार्टीले पहिलो पटक विम्बल्डनको उपाधि जितेकी छिन् ।
यस्तै बार्टीको यो दोस्रो ग्राण्डस्लाम उपाधि हो । यस अघि उनीले फ्रेन्च ओपन जितेकी थिइन् ।
पहिलो पटक फाइनल पुगेकी बार्टीले पहिलो फाइनल यात्रामै उपाधि जितेकी हुन् ।
बार्टीले सेमिफाइनलमा जर्मनीकी एन्जलिक केर्बरलाई हराएकी थिइन् ।
कारोलिनाले सेमिफाइनलमा साबलेन्कालाई हराएकी थिइन् ।
पुरुषतर्फको उपाधिका लागि नोभाक जोकोभिच र माटियो बेरेटिनी भिड्ने छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

