एजेन्सी । टाइसन फुरी र डिओन्टटी वाइल्डरबीचको बहुप्रतिक्षित फाइट स्थगित भएको छ ।
इंग्ल्यान्डका बक्सर फुरीलाई कोरोना भाईरसको संक्रमण देखिएपछि बहुप्रतिक्षित भिडन्त स्थगित गरिएको हो ।
डब्लुबीसी वर्ल्ड हेविवेट च्याम्पियन फुरी र अमेरिकी बक्सरबीचको भिडन्त जुलाई २४ मा तय भएको थियो । भिडन्त लास भेगासमा हुने तय थियो ।
अब उक्त भिडन्त आगामी अक्टोबरमा हुने बताईएको छ ।
सन् २०२० को फेब्रुवरीमा फुरीले वाइल्डरलाई हराएर डब्लुबीसी च्याम्पियन बनेका थिए ।
वाइल्डरसँगको भिडन्तको लागि फुरीले तयारी गरिरहेका थिए । त्यहिँ तयारीको दौरान उनलाई कोरोना पोजेटिभ देखिएको हो ।
फुरीले ट्रेनिङ गरिरहेको जिमका कम्तिमा १० जनामा कोरोना देखिएको बताईएको छ ।