• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
खेलाडीको उपचारका लागि ट्रमा सेन्टरसँग सम्झौता
खेलपाटी संवाददाता
शुक्रबार, असार २५, २०७८ खेलपाटी संवाददाता
खेलाडीको उपचारका लागि ट्रमा सेन्टरसँग सम्झौता

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य उपचारका सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय ट्रमा सेन्टरबीच शुक्रबार सम्झौता भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको प्रभावकारी औषधी उपचार गर्ने र गराउने सम्बन्धमा नेपाल खेलकुद महासंघ (नेकोस) को विशेष पहलमा सम्झौता भएको हो ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष पौडेलले त्रिपुरेश्वरस्थित राखेपको खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रमा भएको एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार सेन्टरले खेलाडीका लागि २४ सै घण्टा इमर्जेन्सी सेवा, २४ सै घण्टा रक्तसंचार सेवा, २४ सै घण्टा फार्मेसी सेवा, २४ सै घण्टा रेडियोलोजी÷इमेजिङ सेवा (सीटी, डेक्सा स्केन, युएसजी, एक्सरे आदि), २४ सै घण्टा प्याथोलोजी ल्याब सेवा, २४ सै घण्टा शल्यक्रिया सेवा (विभिन्न विषयका), अर्थोपेडिक तथा ट्रमा सर्जरी (हाडजोर्नी, स्पाइनल, जोर्नी प्रत्यारोपण, स्पोर्ट्स इन्जुरी तथा आर्थोस्कोपी सर्जरीलगायतका सेवा), न्युरो सर्जरी (बहिरङ÷अन्तरङ सेवा), इएनटी (बहिरङ÷अन्तरङ सेवा), वर्न प्लाष्टिक, जनरल सर्जरी, ओरल एन्ड मेक्जिलो फेसियल, भास्कुलर सर्जरी  (अन्तरङ सेवा), सघन उपचार सेवा र फिजियोथेरापीलगायत ट्रमा सेन्टरबाट उपलब्ध हुने सम्पूर्ण स्वास्थ्य सेवा सामाजिक सेवा एकाई मार्फत औचित्य हेरि सहुलियतपूर्ण तवरले सेन्टरले उपलब्ध गराउने छ ।

No description available.

सेन्टरमा उपलब्ध नभएका सेवा तथा औषधी, औषधीजन्य सामग्री र शल्यक्रियाजन्य सामग्री तत्कालका लागि विरामी स्वयंले व्यवस्था गर्नु÷गराउनु पर्ने तथा त्यसरी प्रयोग भएका सेवा र सामग्रीहरुको भुक्तानी सेन्टरको सिफारिसका आधारमा विरामीले राखेपसंग सोधभर्नाका लागि पेश गर्न सक्ने छ । खेलाडीको प्रभावकारी उपचारमा सहजीकरण गर्नका लागि दुवै पक्षबाट आ–आफ्नो फोकल पर्सन तोक्नु पर्नेछ ।

सेन्टरले प्रवाह गर्ने ३ किसिमका कडा रोग हेड इन्जुरी, स्पाइनल इन्जुरी र शल्यक्रिया गर्नु पर्ने बोन क्यान्सर का विरामीहरुको स्वास्थ्य उपचार सेवा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विपन्न नागरिक औषधोपचार निर्देशिका बमोजिम सेन्टरले गर्ने छ ।

सदस्य–सचिव सिलवालले सम्झौता सम्भव गर्न सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गर्दै खेलाडीलाई उपचार सुविधा प्रदान गर्न सहमत भएकोमा सेन्टरलाई धन्यवाद दिए ।
डा. पौडेलले राष्ट्रका लागि योगदान गर्ने खेलाडीलाई विशेष महत्व दिनु पर्छ भन्ने मान्यताका साथ सम्झौता गरेको बताए ।

कार्यक्रममा राखेपका सदस्यत्रय एकेन्द्र कुँवर, सुभाष श्रेष्ठ र इन्दिरा निरौला, नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रका प्रमुख तिलक नेपाली, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकलगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दौरान सेन्टरले गरेको कार्यको प्रशंसा गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो । साथै सम्झौता गर्न सहयोगी भूमिका निर्वाह गर्ने चन्द्रागिरी ब्याडमिन्टन क्लबका प्रतिनिधि अरुण श्रेष्ठलाई पनि प्रशंसा पत्र प्रदान गरियो ।

No description available.

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP