विश्व नम्बर एक बार्टी सेमिफाइनलमा
मंगलबार, असार २२, २०७८खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक अस्लेइग बार्टी विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
लण्डनमा मंगलबार अष्ट्रेलियाकी आइला टोमल्जानोभिचलाई पराजित गर्दै अष्ट्रेलियाकी बार्टी अन्तिम चारमा पुगेकी हुन् ।
२५ वर्षीय बार्टीले टोमल्जानोभिचमाथि ६-१ र ६-३ को सेटमा पराजित गरिन् ।
बार्टी पहिलो पटक विम्बल्डनको सेमिफाइनलमा प्रवेश गरेकी हुन् ।
अब बार्टीले जर्मनीकी एन्जलिक केर्बरसँग खेल्ने छिन् ।
२५ औं वरियताकी केर्बरले कारोलिना मुचोभालाई ६-२ र ६-३ ले पराजित गरिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

