फेडेरर क्वाटरफाइनलमा
मंगलबार, असार २२, २०७८खेलपाटी संवाददाता

एजेन्सी । स्विस खेलाडी रोजर फेडेरर विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
लण्डनमा सोमबार राति इटालीका लोरेन्जो सोनेगोलाई पराजित गर्दै फेडेररले अन्तिम आठमा स्थान बनाएका हुन् ।
छैटौं वरीयताका फेडेररले लोरेन्जोमाथि ७-५,६-४ र ६-२ को सेटमा जित निकाले ।
आठ पटकको च्याम्पियन फेडेररले अब डेनील मेदभेदेब र हुबर्ट हुर्काजबीचको विजेतासँग खेल्ने छन् ।
२० पटकको ग्राण्डस्लाम विजेता ३९ वर्षीय फेडेररले पछिल्लो पटक २०१७ मा उपाधि जितेका थिए ।
चौंथो वरीयताका जर्मनीका एलेक्स्जेन्डर ज्वेरभ भने चौंथो चरणबाट बाहिरिएका छन् ।
ज्वेरभ क्यानडाका फेलिक्स अगरसँग पराजित भए ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

