बार्टी विम्बल्डनको क्वाटरफाइनलमा
सोमबार, असार २१, २०७८खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक अस्लेइग बार्टी विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।
लण्डनमा सोमबार चेक रिपब्लिककी बारबोरा क्रेचिकोभालाई पराजित गर्दै अष्ट्रेलियाकी बार्टी अन्तिम आठमा पुगेकी हुन् ।
क्वाटरफाइनल पुग्ने क्रममा बार्टीले बारबोरामाथि ७-५ र ६-३ को सेटमा पराजित गरिन् ।
बार्टी पहिलो पटक विम्बल्डनको क्वाटरफाइनलमा प्रवेश गरेकी हुन् ।
यस हारसँगै फ्रेन्च ओपन च्याम्पियन बारबोरा भने प्रतियोगिताबाट बाहिरिएकी छिन् ।
यस्तै बारबोराको १५ खेलको अपराजित यात्रा समेत टुंगिएको छ ।
ट्युनिसियाकी ओन्स जाबेउर पनि पहिलो पटक विम्बल्डनको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।
पुरुषतर्फ इटालीका माटियो बेराट्टीनी पनि क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

