जोकोभिच चौंथो चरणमा
शुक्रबार, असार १८, २०७८खेलपाटी संवाददाता

एजेन्सी । साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् ।
लण्डनमा शुक्रबार राति अमेरिकाका डेनिस कुड्लालाई पराजित गर्दै जोकोभिचले चौंथो चरणमा स्थान बनाएका हुन् ।
विश्व नम्बर एक समेत रहेका सर्बियन जोकोभिचले डेनिसलाई ६-४,६-३ र ७-६ (९-७) को सेटमा पराजित गरे ।
पाँच पटक च्याम्पियन जोकोभिचले अब चिलीका क्रिस्टियन गारिनसँग खेल्ने छन् ।
१९ पटकको ग्राण्डस्लाम विजेता जोकोभिचले पछिल्लो पटक २०१९ मा विम्बल्डनको उपाधि जितेका थिए ।
बेलायतका एन्डी मर्रे र डान इभान्स भने तेस्रो चरणबाट बाहिरिएका छन् ।
दुई पटकको च्यापियन मर्रेलाई डेनिस शापोभालोभले ६-४,६-२ र ६-२ ले पराजित गरे ।
इभान्सलाई सेबास्टियन कोर्डाले ६-३,३-६,६-३ र ६-४ ले पराजित गरे ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

