बार्टी विम्बल्डनको तेस्रो चरणमा
बिहिबार, असार १७, २०७८खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक अस्लेइग बार्टी विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छिन् ।
लण्डनमा बिहीबार रुसकी अन्ना ब्लिनकोभालाई पराजित गर्दै अष्ट्रेलियाकी बार्टी तेस्रो चरणमा पुगेकी हुन् ।
बार्टीले अन्नामाथि ६-४ र ६-३ को सेटमा पराजित गरिन् ।
अब बार्टीले चेक रिपब्लिककी कट्रिना सिनिकोभासँग खेल्ने छिन् ।
महिलातर्फ तेस्रो वरीयताकी एलिना स्विटोलिना भने बाहिरिएकी छिन् ।
पुरुषतर्फ जर्मनीका एलेक्स्जेन्डर ज्वेरभले तेस्रो चरणमा स्थान बनाएका छन् ।
चौंथो वरीयताका ज्वेरभले टेनीस स्यान्डग्रेनलाई ७-५,६-२ र ६-३ ले पराजित गरे ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

