जोकोभिच तेस्रो चरणमा
बुधबार, असार १६, २०७८खेलपाटी संवाददाता

एजेन्सी । साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
लण्डनमा बुधबार दक्षिण अफ्रीकाका केभिन एण्डरसनलाई पराजित गर्दै जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन् ।
विश्व नम्बर एक समेत रहेका सर्बियन जोकोभिचले एण्डरसनलाई ६-३,६-३ र ६-३ को सेटमा पराजित गरे ।
पाँच पटक च्याम्पियन जोकोभिचले अब इटालीका आन्द्रेस सेप्पी र अमेरिकाका डेनिस कुड्लाबीचको विजेतासँग खेल्ने छन्
१९ पटकको ग्राण्डस्लाम विजेता जोकोभिचले पछिल्लो पटक २०१९ मा विम्बल्डनको उपाधि जितेका थिए । उनले गत महिना फ्रेन्च ओपन जितेका थिए ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

