फेडेरर विम्बल्डनको दोस्रो चरणमा
मंगलबार, असार १५, २०७८खेलपाटी संवाददाता

एजेन्सी । स्विस खेलाडी रोजर फेडेरर विम्बल्डन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
लण्डनमा मंगलबार राति फ्रान्सका एड्रिन मन्नारिनोबाट वाकओभर पाउँदै फेडेरर दोस्रो चरणमा पुगेका हुन् । घुँडाको चोटका कारण एड्रिनले पाँचौं सेट खेलेनन् ।
वाकओभर पाउनु अघि छैटौं वरीयताका फेडेररले एड्रिनमाथि ६-४,६-७(३-७),३-६ र ४-२ को अग्रता बनाएका थिए ।
आठ पटकको च्याम्पियन फेडेररले दोस्रो चरणमा रिचार्ड गास्क्वेट र यूईची सुगिताबीचको विजेतासँग खेल्ने छन् ।
२० पटकको ग्राण्डस्लाम विजेता फेडेररले पछिल्लो पटक २०१७ मा उपाधि जितेका थिए ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

