मर्रेको विजयी सुरुवात
सोमबार, असार १४, २०७८खेलपाटी संवाददाता

एजेन्सी । बेलायती खेलाडी एन्डी मर्रेले विम्बल्डन टेनिसमा विजयी सुरुवात गरेका छन् ।
लण्डनमा सोमबार राति जर्जियाका निकोलोज बसिलासभिलीलाई पराजित गर्दै मर्रेले सुखद सुरुवात गरेका हुन् ।
सुखद सुरुवात गर्ने क्रममा मर्रेले निकोलोजलाई ६-४,६-३,५-७ र ६-३ को सेटमा पराजित गरे ।
दुई पटकको च्याम्पियन मर्रेले अब ओस्कार र अर्थरबीचको विजेतासँग खेल्ने छन् ।
३४ वर्षीय मर्रेले २०१७ पछि पहिलो पटक एकलतर्फ प्रतिस्पर्धा गरेका हुन् । चोटको कारण उनी लामो समय कोर्ट बाहिर रहदै आएका छन् ।
पुरुषतर्फ ग्रीसका स्टेफानोस सिसेपस पहिलो चरणबाटै बाहिरिएका छन् । तेस्रो वरियताका स्टेफानोस अमेरिकाक फ्रान्सेस टिआफोईसँग ६-४,६-४ र ६-३ ले पराजित भए ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

